
भलिबल संघको अध्यक्षमा चन्द
काठमाडौं । नेपाल भलिबल संघको बुधबार राति सम्पन्न निर्वाचनमा जितेन्द्रबहादुर चन्द अध्यक्ष पदमा निर्वाचित भएका छन् ।संघको नवौँ चुनावी साधारणसभामा चन्दले प्रत्यासी निरोज मास्केलाई २६ मतले पराजित गरेका हुन् निर्वाचनमा १२८ मत खसेको थियो । चन्दले ७६ मत प्राप्त गरे भने मास्केले ५० मत ल्याएकी थिइन् ।
२०४५ सालमा महाकाली अञ्चलबाट भलिबल खेल्न सुरु गरेका चन्द २०४८ सालमा काठमाडौं प्रवेश गरेका थिए । त्यसपछि पनि उनले भलिबललाई निरन्तरता दिए । २०६८ चैत ३० गते सम्पन्न पाँचौँ चुनावी साधारणसभाबाट चन्द भलिबल संघको महासचिव पदमा निर्वाचित भए । ११ वर्ष महासचिव पदमा रहेर काम गरेका चन्द बुधबार अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।![]()
महासचिव पदमा चन्द प्यानलकै रोशन श्रेष्ठ निर्वाचित भए । रोशनले ८५ मत प्राप्त गरे । उनका प्रत्यासी मनवीर छन्त्यालले ३९ मत ल्याए । कोषाध्यक्ष पदमा पनि चन्द प्यानलकै श्यामकृष्ण श्रेष्ठ ७८ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी रिता कोइरालाले ४६ मत पाइन् ।
सात उपाध्यक्षमध्ये वाग्मती प्रदेशमा भएको निर्वाचनमा गौतमप्रसाद लासिवा विजयी भए । लासिवाले ६४ मत पाउँदा उनको प्रतिद्वन्द्वी ज्योति केसीले ५९ मत प्राप्त गरिन् ।
बाँकी ६ उपाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध हुनेमा गण्डकीबाट यामबहादुर गुरुङ, मधेसबाट उपेन्द्र यादव, सुदूरपश्चिमबाट हर्कसिंह धामी, कर्णालीबाट भरतबहादुर शाह, प्रदेश एकबाट मदन खड्का र लुम्बिनीबाट भीम ओली रहेका छन् ।
त्यस्तै, सात सविच पदमध्ये लुम्बिनी प्रदेशका लागि भएको चुनावमा झकबहादुर मिदुन विजयी भए । मिदुनले ७३ मत ल्याए । मिदुनका प्रत्यासी दीपक जीएमले ३७ प्राप्त गरे । सचिवमै प्रदेश एकका लागि भएको निर्वाचनमा विनोद सुवेदी ६५ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी विश्वराज धिमालले ४४ मत प्राप्त गरे ।
सचिवमा पनि बाँकी पाँच जना निर्विरोध निर्वाचित भएका थिए । कर्णालीबाट सोमबार श्रेष्ठ, मधेसबाट महम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना, वाग्मतीबाट सुनकेशरी माली निर्विरोध निर्वाचित भएका थिए ।
संघको केन्द्रीय सदस्यमा अन्जु श्रेष्ठ, चन्द्रबदना राई, जुनु पुनमगर, राजकुमार गुरुङ, राजबहादुर खड्का, जितेन्द्र खड्का, गंगा थापा, कुमार राई, दिपक लामा, प्रविण श्रेष्ठ र दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । ११ सदस्यका लागि २२ जनाको उम्मेद्वारी परेको थियो ।
संघमा ७७ जिल्लाबाट ७७ जना, सात प्रदेशबाट दुईजनाका दरले १४, कार्यसमितिका ३९ मध्ये ३६, तीन क्लब (न्यु डायमन्ड स्पोर्ट्सस, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र), रेफ्री कमिसनबाट एकजना, राष्ट्रिय टिमका कप्तान दुई (महिला र पुरुष) गरी १३३ जना मताधिकार प्राप्त प्रतिनिधि थिए । त्यसमध्ये १२८ जनाले मतदान गरेका थिए ।
खेललाई नयाँ उचाइमा पु¥याउन उल्लेख्य भूमिका खेल्नु होला भन्दै फुलगुच्छासहित बधाई तथा शुभकामना दिएकी थिइन् । विजयी भएका सबै पदाधिकारीहरुले बुधबार साँझ नै सपथ ग्रहण गरेका थिए ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



