पत्रकारको घाँटी छिनाल्ने धम्की दिए एमालेनेता शाहीले

नेकपा एमाले कालिकोटका कार्यालय सचिव दानबहादुर शाहीले नेपाल पत्रकार महासंघ कालिकोट शाखाका पूर्वअध्यक्ष कालिबहादुर मल्ललाई भौतिक कारबाही गर्ने धम्की दिएका छन् । प्रकाशित समाचारलाई लिएर अपशब्द प्रयोग गर्दै पत्रकार मल्ललाई घाँटी छिनालेर मार्ने धम्की दिएपछि नेपाल पत्रकार महासंघले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल समाचारपत्र दैनिक र इन्सेक अनलाइनमा कार्यरत पत्रकार मल्लले गत भदौ १९ गते समाचार लेखेका थिए । सो समाचार प्रकाशन भएपछि शाहीले धम्की दिएको बताइएको छ ।त्यस्तै, महासंघ झापा शाखाका सदस्य एवं ‘ग्यालेक्सी फोरके’ टेलिभिजन प्रदेश १ का ब्यूरो प्रमुख राजु पौडेल र संवाददाता नारायण पौडेललाई पनि गालीगलौज गरेको जानकारी प्राप्त भएको महासंघले बताएको छ ।

झापास्थित बिएण्डसी अस्पतालका लगानीकर्ता दुर्गा प्रसाईंले विभिन्न सञ्चारमाध्यम र युट्युब च्यानलमा अन्तरवार्ता दिने क्रममा उनीहरुमाथि लाञ्छना लगाउने काम गरेको महासंघको भनाइ छ । महासंघले प्रेसविरोधी कार्यमा संलग्नमाथि तत्काल कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन माग गरेको छ ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१९ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares