
उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहोर
तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहोर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरूले उठाउने अभियान थालेका छन् ।
तुलसीपुरका दुई युवा भूपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा व्यापक फोहोर भएपछि यो अभियान थालेको बताए।
‘उपमहानगरपालिकाको गाडी जलेको छ, त्यसैले फोहोर उठेको छैन’, वलीले भने, ‘फोहोर नउठेपछि बजार नै दुर्गन्धित हुन थाल्यो, त्यसैले हामीले यो अभियान थालेका हौँ ।’
उपमहानगरपालिकाले फोहोर उठाउन सुरु नगर्दासम्म आफूहरूले यो अभियान थाल्ने वलीको भनाइ छ । उपमहानगरपालिकासँग समन्वय गरेर यो कार्य गरिएको उनको भनाइ छ । दुई कर्मचारी राखेर यसरी फोहोर उठाउन थालिएको हो ।
समाजलाई अफ्ठेरो पर्दा युवाले यस्ता अभियान सुरु गर्नुपर्ने भन्दै ट्याक्टर भाडामा लिएर भए पनि यो अभियान सुरु गरेको उनको भनाइ छ । जेन-जीको प्रदर्शनका क्रममा उपमहानगरपालिकाको फोहोर फाल्ने गाडीसमेत जलेको थियो । जसले गर्दा एक हप्तादेखि तुलसीपुर बजारभित्रको फोहोर उठ्न सकेको थिएन ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



