
संग्रहालयमा भेटियो ८८ वर्ष पुरानो राहदानी
राहदानी विभागमा रहेको राहदानी संग्रहालयु मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ।कृष्ण उपाध्याय (रिमाल) का नाममा १९९० साल चैत २० गते (सन् १९३४ अप्रिल २) जारी गरिएको उक्त राहदानी उनका छोराद्वय ८७ वर्षीय ध्रुवप्रसाद रिमाल र ७६ वर्षीय बालप्रसाद रिमालले मंगलबार राहदानी विभाग पुगेर महानिर्देशक सुरेन्द्रकुमार यादवलाई हस्तान्तरण गरेका हुन्।उक्त राहदानी हाल राहदानी संग्रहालयमा संग्रहित सबैभन्दा पुरानो भएको विभागका महानिर्देशक यादवले जानकारी दिए। सन् २०१९ मा स्थापना भएको संग्रहालयमा नेपाल तथा अन्य विभिन्न मलुकबाट जारी भएका पुराना राहदानी सम्भव भएसम्म संकलन गरी राखिएको छ।उपाध्यायका नाममा दसौं कूटनीतिक राहदानी जारी भएको थियो । उनले सन् १९३४ मा बेलायतमा राजदूतावास सञ्चालनका लागि नेपालबाट लन्डन जाने पहिलो टोलीको सदस्यका रूपमा उक्त राहदानी लिएको पूर्वपरराष्ट्र सचिव मदन भट्टराई बताउँछन् । उक्त भ्रमण दललाई ‘वोजस्वी राजन्न मिसन’ नाम दिइएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२० घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



