
स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई एक स्वर्ण र तीन रजत
काठमाडौं । किर्गिस्तानमा आयोजना भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाली खेलाडीले १ स्वर्ण र ३ रजत पदक ल्याउन सफल बनेका छन् ।

किर्गिस्तानमा आयोजना भएको कुल १३ देशको सहभागिता रहेको सो प्रतियोगितामा दिपा विष्टले स्वर्णपदक ल्याउन सफल भएकी छिन् । उनले ७२ केजी आईबीपी सिनियर समूहमा स्वर्णपदक ल्याउन सफल हुनुका साथै स्ट्रेन्थ लिफ्टिङतर्फ रजत पदक ल्याउन सफल बनेकी हुन् ।
त्यस्तै, स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा १०५ के.जि. भन्दा माथिको आई.बी.पी.सिनियर तौल समुहमा जीवन गिरी रजत, ७६ के.जी. आई.बी.पी. मस्टर २ तौल समुहमा केदारमान स्थापीत रजत ल्याउन सफल भएका थिए ।

अघिल्लो बर्षबाट नेपालमा भित्रिएको यो खेलले नेपालमा छोटो समयमा राम्रो लोकप्रियता हासिल गरेको छ । दुई महिना अघि यो खेलको राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न भएको थियो । स्वर्ण पदक र रजत पदक ल्याउने खेलाडीहरुलाई समाजसेवी तथा स्ट्रेन्थ लिफ्टिङका केन्द्रीय अध्यक्ष भरत महर्जनले आज भदौ ३० गते केन्द्रीय पदाधिकारीहरुले सम्मानित गरिएको थियो ।

समाज
थप सामाग्री-
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
२४ घण्टा अगाडि
2.0kViews 418 Shares Share on Facebook Share on Twitter तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गत पावरहाउस नजिक पृथ्वी राजमार्गमा बुधबार बिहान…





