रोनाल्डोको गोलमा म्यानचेस्टरको जित

क्रिस्टियानो रोनाल्डोको गोलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा जित निकालेको छ ।

युनाइटेडले मोल्दोभालाई उसकै मैदानमा २–० ले हराउने क्रममा अर्को गोल जेडान सान्चोले गरे।

खेलको १७ औं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले सुरूवाती अग्रता लियो।

३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। प्याट्रिक केपोजोले पेनाल्टी बक्समा डिएगो डालोटलाई फउल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गर्दा रोनाल्डो चुकेनन्।

यो सिजनमा रोनाल्डोको यो पहिलो गोल हो।

दोस्रो हाफमा थप गोल निस्कन नसक्दा युनाइटेडले पहिलो जित निकाल्न सफल भयो।

यही समूह ‘ई’ को खेलमा स्पेनिस क्लब रियल सोसिडाडले लगातार दोस्रो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ। सोसिडाडले साइप्रसको ओमोनिया निकोसियालाई २–१ ले पराजित गरेको छ ।योसँगै सोसिडाड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो जित निकालेको युनाइटेड ३ अंक जोडेर दोस्रो स्थानमा छ । ३ अंक नै रहे पनि सेरिफ हेड टु हेडमा तेस्रोमा छ। एजेन्सी

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२३ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares