
गैरसरकारी संघसंस्थाले सूचना लुकाएको आरोप
कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले गैरसरकारी संघसंस्थामा आर्थिक पारदर्शिता नभएको बताएका छन्। राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा उनले सेवा मुलक संस्थाका सञ्चालक नाफा मुखी भएका बताए । “गैरसरकारी संघसंस्थाले सामाजिक काममा आएको पैसा कुन–कुन काममा कति–कति खर्च गरे भन्ने कुराको जानकारी नै दिइँदैन, सूचना लकाइन्छ”, नगरप्रमुख पोखरेलले भने ।गरिबको भत्किएका घरको नाउँमा र च्यातिएका लुगाको नाउँमा करोडौँ रकम असुल्ने काम भइरहेको आरोप लगाउँदै उनले किर्ते कागजात बनाएर अपारदर्शी काम गर्ने संघसंस्थालाई राज्यले कानूनको दायरामा ल्याउनुपर्नेमाजोड दिए।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले कानुन सबैलाई बराबर हुने बताउँदै गैरसरकारी संघसंस्थाले सूचना लुकाउन नमिल्ने र सबै संघसंस्थामा पनि सूचना अधिकारी तोकिनुपर्नेमा जोड दिँदै सूचना लुकाउने र सूचनाको दुरुपयोग गर्नेलाई कानुन बमोजिम सजाय हुने बताए ।
उक्त आयोगका अर्का आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सूचना हकका अभियन्ताहरुको सहभागिता थियो ।रासस
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१५ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



