
बरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन
काठमाडौं, २ असोज । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आज विहान देहान्त भएको छ । गौतमको बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको हो ।
नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई न्युमोनिया देखएपछि आईसियुमा उपचार गरिंदै भेन्टिलेटरमा राख्नुपरेको थियो ।सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका का,वा, पूर्व सभापति ७७ वर्षीय गौतमलाई कोभिड संक्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उनले सधैं प्रजातन्त्रका पक्षमा कलम चलाएका थिए । पञ्चायत कालमा अभिब्यक्ति स्वतन्त्रताका पक्षमा उभिंदा गौतमबाट सम्पादन/ प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो ।
२०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा छ महिना हनुमानढोकामा थुनिएको थियो । त्यहीँको अनुभवमा गौतमले अनुसन्धानभित्रको अनुसन्धान पुस्तक लेखेका थिए । उनलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको छ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२० घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



