
अवैध संरचना ३५ दिन भित्र हटाउन ललितपुर महानगरको अल्टिमेटम
काठमाडौं, ५ असोज । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचजना हटाउन निर्देशन दिएको हो ।
तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ ।
“ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढीलगायतका संरचना हटाउन महानगरले भनेको छ। ।
“नक्सा स्वीकृत गर्दा पार्किंग प्रयोजन खुलाई स्वीकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचना, सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्नु हुन अनुरोध छ,” महानगरले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ, “उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरे/नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचनाहरु हटाउने व्यहोरासमेत सम्पूर्ण नगरबासीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”

समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२० घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



