सर्वपक्षीय सरकार गठनको माग गर्दै जेनजी अभियन्ता मिराज ढंगाना समूहद्वारा देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा

काठमाडौं । समृद्धि र सुशासन सुनिश्चित गर्न सर्वपक्षीय सरकार गठनको माग गर्दै जेनजी अभियन्ता मिराज ढंगानाको नेतृत्वमा रहेको समूहले आजबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
आइतबार जारी विज्ञप्तिमा समूहले मुलुक गम्भीर राजनीतिक, आर्थिक र प्रशासनिक संकटमा फसेको भन्दै वर्तमान परिस्थितिबाट निकास निकाल्न सबै राजनीतिक शक्तिहरूको सहभागितामा सर्वपक्षीय सरकार अपरिहार्य भएको उल्लेख गरेको छ।
अभियन्ता ढंगानाले जनताको विश्वास गुमाउँदै गएको राज्य संयन्त्रलाई पुनःविश्वसनीय बनाउन सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित शासन प्रणाली आवश्यक रहेको बताए। “सर्वपक्षीय सरकार गठन गरेर समृद्धि र सुशासनको जुन माग हामीले अघि सारेका छौँ, त्यो पूरा गराएरै छाड्छौँ,” उनले भने।
समूहका अनुसार आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण, अहिंसात्मक र जनकेन्द्रित हुनेछ। आन्दोलनका कार्यक्रमहरूमा नागरिक संवाद, शान्ति र्‍याली, खबरदारी सभा तथा सचेतना अभियान सञ्चालन गरिने जनाइएको छ।
जेनजी समूहले राजनीतिक दल, नागरिक समाज, युवा तथा पेशागत संघ–संस्थालाई आन्दोलनमा ऐक्यबद्ध हुन आह्वान गर्दै आन्दोलनको उद्देश्य सत्ता परिवर्तनभन्दा पनि प्रणाली सुधार र राष्ट्रिय सहमतिमा आधारित शासन स्थापना रहेको स्पष्ट पारेको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२२ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
482 Shares