

आईजीपी दानबहादुर कार्कीद्वारा कर्णालीका पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट तथा अन्तरक्रिया
सुर्खेत । नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा कार्यरत तथा निवृत्त पूर्व नेपाल प्रहरी कर्मचारीहरूसँग भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल प्रहरी र पूर्व प्रहरी कर्मचारीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै संगठनको संस्थागत स्मृति, अनुभव र योगदानलाई सम्मान गर्ने उद्देश्यले खुला छलफल गरिएको थियो। आईजीपी कार्कीले पूर्व प्रहरी कर्मचारीहरू नेपाल प्रहरीका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूले संगठनका लागि पुर्याएको योगदान सदैव स्मरणीय रहने बताए।
उनले वर्तमान प्रहरी संरचना, सुधारका प्रयास, संगठनको व्यावसायिकता, सेवा प्रवाह र नागरिकमैत्री प्रहरी प्रणाली विकासमा पूर्व प्रहरी कर्मचारीहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव प्रसाद श्रेष्ठ, प्रहरी वरिष्ठ उपरीक्षकहरू, मातहतका प्रहरी कार्यालयका प्रमुखहरू, पूर्व प्रहरी कर्मचारीहरू तथा प्रहरी अधिकृत एवं जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरूले सेवा अवधिका अनुभव, संगठन सुधारसम्बन्धी सुझाव र भावी पुस्ताका प्रहरी कर्मचारीका लागि प्रेरणादायी विचार प्रस्तुत गरेका थिए। कार्यक्रमले प्रहरी संगठन र निवृत्त प्रहरी कर्मचारीबीचको आपसी सम्बन्ध, सम्मान र सहकार्यलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२२ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



