बालेन साह–कुलमान घिसिङ भेटः नयाँ शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग भेटपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले देशको समृद्धि र सुशासनका लागि नयाँ शक्ति र युवा नेतृत्व एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
मेयर बालेन साहसँगको छलफलपछि मन्त्री घिसिङले पछिल्लो समय जनस्तरबाट उठिरहेको परिवर्तनको चाहनालाई उल्लेख गर्दै भने, “सबैले नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नुभएको छ। अब नयाँ शक्ति र नेतृत्वको टिम अगाडि बढ्नुपर्छ।”
उनले नेपालको राजनीतिक, आर्थिक र प्रशासनिक रूपान्तरणका लागि युवाको सक्रिय भूमिका अनिवार्य रहेको धारणा राख्दै पुराना सोच र कार्यशैलीले मुलुकलाई अघि बढाउन नसक्ने बताए। “नेपालको समृद्धि र सुशासनका लागि युवाहरू अग्रपङ्क्तिमा आउनुपर्छ,” उनले भने।
मेयर साह र मन्त्री घिसिङबीचको भेटलाई नयाँ राजनीतिक सम्भावना र वैकल्पिक नेतृत्वको संकेतका रूपमा समेत हेरिएको छ। पछिल्लो समय दुवै व्यक्तित्वले सुशासन, पारदर्शिता र कार्यसम्पादनमा जोड दिँदै आएका छन्, जसका कारण उनीहरू जनस्तरमा लोकप्रिय मानिन्छन्।
यो भेटले आगामी दिनमा नयाँ शक्ति र सुधारमुखी नेतृत्वबीच सहकार्यको सम्भावना बलियो बन्दै गएको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२२ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
302 Shares