

बिराटनगरमा पूर्वराजा ज्ञानेन्द्रको आकस्मिक आगमन, मन्दिरमा पूजा सम्पन्न
बिराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार अचानक बिराटनगर पुगेका छन्। पूर्वसूचना विना गरिएको उनको यो आगमनले स्थानीयस्तरमा चासो र उत्सुकता पैदा गरेको थियो।
बिराटनगर पुगेपछि पूर्वराजा शाहले शनि मन्दिर र काली मन्दिरमा विधिवत् पूजा–अर्चना गरेका थिए। धार्मिक अनुष्ठानपछि उनी केही समय मात्रै बिराटनगरमा बसेर पुनः झापा फर्किएका छन्।
प्रत्येक वर्ष जाडो मौसम छल्न पूर्वराजा ज्ञानेन्द्र दमकस्थित हिमालयन टी गार्डेनमा बस्दै आएका छन्। यस वर्ष पनि सोही क्रममा उनी दमक पुगेका हुन्। धार्मिक आस्थालाई प्राथमिकतामा राख्दै विभिन्न मन्दिरमा पूजा गर्ने उनको परम्परागत अभ्यासअनुसार नै बिराटनगर भ्रमण भएको बताइन्छ।
उनको आकस्मिक आगमनलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको थियो भने मन्दिर परिसरमा श्रद्धालु तथा स्थानीयको भीडसमेत देखिएको थियो।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२२ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



