सशस्त्रका डीआईजी वंशीराज दाहाल एआईजी बढुवा सिफारिस

काठमाडौं, ७ असोज ।  सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको मिति बिहीबारको बैठकले उनलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुले सात दिनभित्र बटुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने बताइएको छ ।

गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीमा थप एक एआईजी दरबन्दी स्वीकृत गरेको थियो। सशस्त्र प्रहरी मुख्यालयका अनुसार कार्य तथा सीमा सुरक्षा विभागलाई अलग-अलग पारिएको छ। यसअघि उक्त विभाग एउटै थियो ।

यसअघि सशस्त्र प्रहरीमा दुई जना अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी रहेकोमा अब तीन पुगेको छ ।

दाहालको ब्याचमेटबाट राजु अर्याल महानिरीक्षक बनेका थिए। त्यही ब्याचबाट यसअघि अतिरिक्त प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम (सीपी) बढुवा भइसकेका छन् ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२० घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares