सङ्कटापन्न घडियालको प्राकृतिक बासस्थान जोगाउनै मुस्किल

चितवन । गत पुस ३ गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा सेक्टर, रत्ननगर नगरपालिका–८ स्थित चित्रसारी पुल नजिक बूढीराप्ती खोलामा तियारी जालमा बेरिएको अवस्थामा अन्दाजी १० वर्षको अतिसङ्कटापन्न घडियाल गोहीलाई निकुञ्जको संरक्षण टोलीले सफलतापूर्वक उद्धार गरेको छ ।नदीजन्य पारिस्थितिक प्रणालीको महत्त्वपूर्ण सूचक प्रजातिका रूपमा रहेको अतिसङ्कटापन्न घडियाल गोहीलाई असर पुग्नेगरी तियारी जाल प्रयोग गरी माछा मार्ने कार्य प्रचलित कानुनबमोजिम दण्डनीय अपराध भएता पनि बेलाबेला यस्ता घटना दोहोरिरहन्छन् । कतिपय अवस्थामा थाहा पाएर उद्धार हुने गरे पनि धेरै अवस्थामा सङ्कटापन्न घडियाल अकालमै ज्यान गुमाउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले घडियाल संरक्षणका लागि बेलाबेला अनुरोध गर्दै सचेतना फैलाउँदै आएको छ ।नदीमा अनियन्त्रित रूपमा माछा मार्ने, बालुवा र गिट्टी उत्खनन, फोहर फाल्ने तथा अन्य प्रदूषणयुक्त गतिविधिले घडियालको प्राकृतिक बासस्थानमा थप चुनौती सृजना गरेको छ । शान्त स्वभावको यो सरिसृप प्राणीको मुख्य आहार माछा हो । हाल विशेषगरी चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका राप्ती नदी र नारायणी नदी घडियालका प्रमुख प्राकृतिक बासस्थान हुन् ।रासस

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२२ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
123 Shares