मुग्लिङ–आँबुखैरेनी सडक खण्डको ‘राइट अफ वे’ ३० मिटर तोकियो

काठमाडौँ । सरकारले मुग्लिङ–पोखरा सडक खण्ड अन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्मको सडकको सीमा ‘राइट अफ वे’ निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त खण्डको सडक सीमा ३० मिटर रहने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी यो निर्णय गरेको सूचनामा उल्लेख छ । नयाँ रेखाङ्कन अनुसार मुग्लिङ बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ) देखि मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत् गृहको पारिपट्टिसम्मको सडकको सीमा तोकिएको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार हालको राजमार्गको समानान्तर हुने गरी थप सडकको रेखाङ्कन गरिएको छ । उक्त सडकको केन्द्र रेखाबाट दायाँ १५ मिटर र बायाँ १५ मिटर गरी जम्मा ३० मिटर सडकको सीमा निर्धारण गरिएको छ ।जारी सूचनामा मुग्लिङ बजारको पारिपट्टिबाट मर्स्याङ्दी विद्युत् गृहसम्मको खण्डलाई समेटिएको छ । यो निर्णयसँगै उक्त क्षेत्रमा सडक विस्तार र निर्माणको कामलाई अगाडि बढाउन कानुनी बाटो खुलेको छ । मुग्लिङ–पोखरा सडक विस्तार आयोजना अन्तर्गत यो खण्ड प्राविधिक र भौगोलिक कारणले चुनौतीपूर्ण मानिँदै आएको थियो ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२२ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
237 Shares