

पूर्वमन्त्री होमनाथ दाहालको निधन
काठमाडौँ ।
पूर्वमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रज योद्धा होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार साँझ काठमाडौँमा उपचारका क्रममा उनको निधन भएको हो। वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले दाहालको निधन भएको पुष्टि गरेका छन्।
केही समयदेखि अस्वस्थ रहँदै आएका दाहालको पार्थिव शरीरमा आज बिहान ७ बजेदेखि ९ बजेसम्म काठमाडौँको मैतीदेवीस्थित निजी निवासमा श्रद्धाञ्जली अर्पण गरिने परिवारले जनाएको छ। त्यसपछि बिहान ९:३० बजे पशुपति आर्यघाटमा श्रद्धाञ्जली कार्यक्रमसहित दाह संस्कार गरिनेछ।
दाहालकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमा उपचाररत रहेकी छन्। उनका दुई छोरा—डा. सुधाम्शु दाहाल र हिमाम्सु दाहाल—छन्।
स्व. दाहाल नेपालको प्रजातान्त्रिक आन्दोलनमा अथक योगदान दिने व्यक्तित्वका रूपमा परिचित थिए। उनी वरिष्ठ पत्रकार समेत हुन् र नेपाल पत्रकार महासङ्घका पूर्व सभापति रहेर पत्रकारिता क्षेत्रको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पूर्वमन्त्रीका रूपमा पनि उनले सार्वजनिक जीवनमा उल्लेखनीय योगदान पुर्याएका छन्।
दाहालको निधनसँगै नेपाली राजनीति र पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान् र प्रेरणादायी व्यक्तित्व गुमाएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



