अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य अपरिहार्य : आईजीपी दान कार्की

भक्तपुर । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न प्रहरीको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट गर्दै अपराध रहित समाज निर्माणका लागि नागरिकको सक्रिय सहकार्य अनिवार्य रहेको बताउनुभएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा भक्तपुर दरबार स्क्वायरमा सोमबार आयोजित ‘हाम्रो प्रहरी’ कार्यक्रम तथा ट्राफिक सप्ताह–२०८२ विशेष समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरी–नागरिक साझेदारी नै सुरक्षित र सभ्य समाजको आधार भएको उल्लेख गर्नुभयो। उहाँले नागरिक सचेतना, जिम्मेवार व्यवहार र कानुनी अनुशासनले अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा आईजीपी कार्कीले ट्राफिक नियमको पालना, सडक अनुशासन र दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको साझा दायित्व रहेको भन्दै ट्राफिक सप्ताहले नागरिकमा सकारात्मक सोच र व्यवहार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले “हाम्रो प्रहरी” कार्यक्रमले प्रहरीप्रति नागरिकको विश्वास बढाउँदै आपसी दूरी घटाउने काम गरेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
293 Shares