

एसएसपी नवराज अधिकारी र एसपी नरेश सुवेदीद्वारा सडक दुर्घटनामा घाइते बिरामीहरूसँग भेटघाट
काठमाडौँ । “सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज छैटौँ दिन काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत सडक दुर्घटनामा घाइते बिरामीहरूसँग ट्राफिक प्रहरीका उच्च अधिकारीहरूले भेटघाट गरेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी र उक्त कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले अस्पताल पुगेर उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो।
भेटघाटका क्रममा एसएसपी अधिकारीले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना, सचेतना र जिम्मेवार सवारी सञ्चालन अत्यन्त आवश्यक रहेको बताउँदै ट्राफिक प्रहरीले सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो।
त्यसैगरी, एसपी सुवेदीले यस्ता अभियानहरूले आम नागरिकमा सडक सुरक्षाप्रति चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
ट्राफिक सप्ताह २०८२ अन्तर्गत ट्राफिक प्रहरीद्वारा सचेतनामूलक कार्यक्रम, अनुगमन तथा मानवीय संवेदनासहितका गतिविधिहरू निरन्तर सञ्चालन हुँदै आएका छन्, जसले सुरक्षित सडक र जिम्मेवार यात्राको सन्देश प्रवाह गरिरहेको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



