भारतीय सीमा सुरक्षा बल प्रमुख काठमाडौंमा

काठमाडौं, ११ असोज । सीमा सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बल–एसएसबी प्रमुख सुजोय लाल थाउसेन सोमबार काठमाडौं आइपुगेका छन्। सीमा सुरक्षा समन्वय समितिको बैठक मंगलबारदेखि सुरु हुँदै छ। बैठकमा नेपाली टोली नेतृत्व सशस्त्र प्रहरी बल–एपीएफ प्रमुख राजु अर्यालले गर्नेछन्। एपीएफलाई सीमा सुरक्षाको जिम्मेवारी रहेको छ।

दुई दिनसम्म चल्ने बैठकमा सीमा विवाद, सिमामा हुने अपराध र आवतजावतमा हुने समस्यालाई लिएर छलफल हुने बताइएको छ। भारतसँग नेपालको एक हजार ८ सय ८० किलोमिटर सीमाजोडिकोछ। भारतले नेपाललाई तिन दिशाबाट घेरेकामा सीमा सम्बन्धमा पटकपटक विवादहरु उठ्दै आएका छन्।

बैठकमा परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधी पनि रहनेछन्। हरेक वर्ष सीमा सुरक्षा समन्वय समितीको बैठक बस्दै आएको छ। गत वर्ष यो बैठक भारतले आयोजना गरेको थियो।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२० घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares