पदस्थापन भएको कार्यालयमा २ दिनभित्र हाजिर हुन निर्देशन, नटेरे कारबाही हुने

काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायव निरीक्षकदेखि प्रहरी सहायक हवल्दार दर्जासम्मका कर्मचारीलाई पदस्थापन भएको कार्यालयमा अनिवार्य रूपमा दुई दिनभित्र हाजिर हुन कडा निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार तोकिएको समयभित्र हाजिर नगर्ने वा बेवास्ता गर्ने कर्मचारीमाथि प्रचलित कानुन तथा प्रहरी नियमावलीअनुसार विभागीय कारबाही गरिने स्पष्ट गरिएको छ।
संगठनात्मक अनुशासन, कार्यक्षमता र सेवा प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्यले यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। समयमै हाजिर भएर जिम्मेवारी सम्हाल्न सबै सम्बन्धित कर्मचारीलाई सचेत रहन पनि निर्देशन दिइएको छ।
प्रहरी संगठनभित्र जिम्मेवारीप्रति उत्तरदायित्व र अनुशासन कायम गराउन यस्तो कडाइ आवश्यक भएको सरोकारवालाहरूको भनाइ छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
152 Shares