सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश : “अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्”

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र अटल संकल्पकै कारण आज नेपाल परिवर्तनको ऐतिहासिक मोडमा उभिएको उल्लेख गरेकी छन्। सहिद दिवसका अवसरमा शुक्रबार जारी गरेको शुभकामना सन्देशमा उनले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले सन्देशमा सहिदहरूको योगदानलाई स्मरण गर्दै भनिन्, “उहाँहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको निर्णायक घडीमा पुगेको छ। अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस्।”
उनले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त वीर योद्धाहरूलाई समेत विशेष सम्मानसाथ नमन गरेकी छन्।
सन्देशमा प्रधानमन्त्री कार्कीले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको साझा दायित्व भएको उल्लेख गर्दै, सहिदहरूको सपना साकार पार्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन्।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
191 Shares