डिएसपी सूर्य बहादुर थापा ‘माघ महिनाको उत्कृष्ट प्रहरी’ घोषित

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको समन्वय तथा मातहत कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डिएसपी सूर्य बहादुर थापा २०८२ साल माघ महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषित हुनुभएको छ। उहाँलाई नगद पुरस्कार तथा प्रमाण–पत्रसहित सम्मान गरिएको हो।
उल्लेखनीय कार्यसम्पादन
म्याग्दी जिल्लामा विभिन्न जटिल तथा संवेदनशील घटनाहरूको सफल अनुसन्धान तथा नियन्त्रणमा उहाँको नेतृत्व महत्वपूर्ण रह्यो। विशेषतः–
मिति २०८२।१०।०३ गते धौलागिरी गाउँपालिकामा भएको कर्तव्य ज्यान सम्बन्धी घटनाको सफल अनुसन्धान
२०८२।१०।१५ गते रघुगंगा गाउँपालिका–३ स्थित निर्माणाधीन राहुघाट हाइड्रोपावरमा भएको कर्तव्य ज्यान तथा चोरी सम्बन्धी घटनाको प्रभावकारी अनुसन्धान
अवैध हातहतियार बरामद
मालिका गाउँपालिकामा भएको कुटपिट घटनाको अनुसन्धान
चेक अनादर तथा अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी पक्राउ
यी सबै घटनाहरूमा समयमै अनुसन्धान, दोषी पहिचान तथा कानुनी प्रक्रियाको अगाडि बढाइ सफल कार्यसम्पादन गर्नु उहाँको नेतृत्व क्षमता र समर्पणको उदाहरण बनेको छ।
सुरक्षा पूर्वाधार सुदृढीकरणमा सक्रिय भूमिका
डिएसपी थापाले अपराध अनुसन्धान मात्र होइन, दीर्घकालीन सुरक्षा व्यवस्थापनमा समेत महत्वपूर्ण पहल गर्नुभएको छ।
विभिन्न स्थानमा CCTV जडान गरी सुरक्षा सञ्जाल विस्तार
प्रहरी कार्यालयका लागि आवश्यक जग्गा प्राप्तिमा सक्रिय भूमिका
प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि र उत्प्रेरणा अभिवृद्धिमा उल्लेखनीय योगदान
प्रेरणादायी नेतृत्व
उहाँको सक्रियता, निष्पक्षता र दृढ नेतृत्वले म्याग्दी जिल्लाको शान्ति–सुरक्षामा सकारात्मक प्रभाव पारेको छ। माघ महिनाको उत्कृष्ट प्रहरीको रूपमा प्राप्त यो सम्मानले उहाँको कार्यसम्पादनप्रति संस्थागत विश्वास र प्रशंसा झल्काएको छ।
यस सम्मानले सम्पूर्ण प्रहरी संगठनलाई अझ बढी जिम्मेवार, समर्पित र सेवामुखी बन्न प्रेरणा प्रदान गर्ने विश्वास गरिएको

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१९ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
110 Shares