उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण

बागलुङ । ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न नगरपालिकाले साँघु निर्माण गरेको हो । हरेक वर्षात्को समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायत ठाउँमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो ।

चालु आर्थिक वर्षमा विनियोजन गरेको रु नौ लाख ५० हजारको लागतमा मौलिकतासहितको साँघु निर्माण गरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए । साँघुको सहतमा सिमेन्टको ढलानसहित काठ र ढुङ्गाको छानो हालेर निर्माण गरेको उनको भनाइ छ । मौलिकता झल्किने साँघुले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कायतले बताए ।

उनले भने, “पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन निकै बढ्दो छ, तर उत्तरगङ्गामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या समाधन भएको छ, यसले स्थानीय र पर्यटकलाई सहज बनाउनेछ ।”ढोरबहार मन्दिरदेखि स्यालपाखे जोड्नेगरी उक्त साँघु निर्माण भएको छ । पुल नहुँदा हरेक वर्षातको समयमा उत्तरगङ्गाले बगाएर दुईतीन जनाले ज्यान गुमाउने गरेको ढोरपाटन नगरपालिका–९ का कुलबहादुर विकले बताउनुभयो । नगरपालिकाले साँघु बनाएपछि वारपार गर्न सहज हुने उहाँको भनाइ छ । साँघु बने पनि पक्की पुलजस्तै बनेको विकले सुनाए ।“यत्ति साँघु दुईचार वर्ष पहिला नै बनेको भए धेरैको ज्यान बच्थ्यो, ढिलै भए पनि बन्यो, अब कसैले पनि खोला तर्दा बगेर मृत्युवरण गर्नुपर्ने छैन”, उाले भने, “यस्तो खालको साँघु त मैले अहिलेसम्म देखेको थिइनँ, धेरै राम्रो बनेको छ, साँघुमा छानो पनि रहेको हुँदा पर्यटकले यहीँ उभिएर ढोरपाटन उपत्यकाको अवलोकन गर्न सक्नेछन् ।”साँघु नबन्दा ढोरबहार मन्दिरदेखि स्यालपाखे, पाखाथर, छेन्तुङ, ढोरपाटन सिकार आरक्ष, बुकीपाटन र जलजला जाने पर्यटकले घण्टौँ लगाएर नवी र मोराङ दोगाडी घाटमा रहेको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता थियो ।रासस

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१९ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
144 Shares