निर्वाचन शान्तिपूर्ण बनाउन प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले खेलेको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताएका छन्।
नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै आईजीपी कार्कीले प्रतिकूल परिस्थितिका बाबजुद पनि आफ्नो जिम्मेवारीमा केन्द्रित रही उच्च व्यावसायिकता प्रदर्शन गरेकोमा सम्पूर्ण प्रहरी कर्मचारीप्रति आभार व्यक्त गरे।
उनले प्रहरी पेसा केवल जागिर नभई राष्ट्र र नागरिकको सेवा गर्ने माध्यम भएको उल्लेख गर्दै यसका लागि सेवाभाव, इमान्दारिता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता र दृढ अनुशासन अत्यावश्यक हुने बताए। “प्रहरी संगठनको विश्वसनीयता कायम राख्न प्रत्येक प्रहरी कर्मचारीले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ,” उनले भने।
यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन उत्कृष्ट ढङ्गले सम्पन्न भएको बताएका छन्। सशस्त्र प्रहरी बल मुख्यालयमा आज आयोजित कार्यक्रममा उनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन खटिएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा मातहतका इकाइहरूलाई धन्यवाद व्यक्त गरे।
आईजीपी अर्यालले राष्ट्रको महत्वपूर्ण लोकतान्त्रिक अभ्यासलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरीले खेलेको भूमिकाले संगठनको व्यावसायिकता र प्रतिबद्धता थप स्पष्ट गरेको बताए।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१८ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
427 Shares