केपी शर्मा ओलीलाई पितृशोक : पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं : केपी शर्मा ओली लाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
केही समयदेखि अस्वस्थ रहँदै आएका मोहनप्रसाद ओलीको उपचारकै क्रममा निधन भएको हो। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ।
परिवारका अनुसार आजै अपराह्न काठमाडौँस्थित पशुपति आर्यघाट मा उनको अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।
मोहनप्रसाद ओलीको निधनपछि विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले शोक व्यक्त गरिरहेका छन।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१८ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
307 Shares