प्रतिवेदनको ‘ढड्डा’ प्रहरी परिसरमा: ओली–लेखक विरुद्ध अनुसन्धान अघि बढ्ने

काठमाडौं । नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनका दुवै ‘ढड्डा’ जिल्ला प्रहरी परिसर, काठमाडौंमा पुर्‍याइएको छ। स्रोतका अनुसार प्रतिवेदनसँगै “यसैका आधारमा र लाई कर्तव्य ज्यानसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान गर्नु” भन्ने व्यहोराको पत्र समेत पठाइएको थियो।

यद्यपि, गृहमन्त्रीस्तरबाट हिजो बिहान करिब ३ बजे नै निर्णय गरी पत्र पठाइए पनि प्रतिवेदन भने प्रहरी कार्यालयमा दिउँसो मात्रै पुगेको बताइएको छ। यसले प्रक्रियागत समन्वय र समय व्यवस्थापनबारे प्रश्न उठाएको छ।

स्रोतका अनुसार संसद सचिवालयले शुक्रबार राति प्रतिवेदन फिर्ता गरेपछि सो प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा सिलबन्दी अवस्थामा राखिएको थियो। पछि ओली र लेखकको गिरफ्तारीपछि त्यहीँबाट सक्कली प्रतिवेदनका दुई भाग निकालेर प्रहरी परिसरमा पठाइएको हो। अब करिब ९०७ पृष्ठको उक्त प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा नरहेको दाबी गरिएको छ।

उक्त प्रतिवेदन गत फागुन २४ गते अन्तरिम प्रधानमन्त्री लाई आयोगले बुझाएको थियो। त्यसपछि बुधबार बेलुकी संसद सचिवालयको पुस्तकालयमा राख्ने तयारी गरिएको थियो। तर सचिवालयले प्रतिवेदन बुझ्न अस्वीकार गरेपछि पुनः प्रधानमन्त्री कार्यालयमै फिर्ता गरिएको थियो।

यसबीच सरकारले प्रतिवेदन सार्वजनिक नगरेको अवस्थामा ‘जनआस्था’ ले बुधबार बिहानैदेखि प्रतिवेदन सार्वजनिक गरिदिएपछि थप विवाद उत्पन्न भएको छ। त्यसपछि सरकारले आफूसँग प्रतिवेदनको सफ्ट कपी नभएको दाबी गर्दै हार्ड कपी संसदको पुस्तकालयमा राख्ने निर्णय गरेको थियो।

अब प्रतिवेदन प्रहरी परिसरमा पुगेसँगै यसैको आधारमा उच्च तहका नेताविरुद्ध अनुसन्धान प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने देखिएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
305 Shares