

पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, निर्णय प्रतीक्षामा
काठमाडौँ । पूर्वगृहमन्त्री विरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि मा सोमबार सुनुवाइ सम्पन्न भएको छ।
उक्त रिटमाथि सुनुवाइका लागि न्यायाधीश को एकल इजलासमा पेसी तोकिएको थियो। सुनुवाइ सकिएसँगै अदालतको निर्णय भने आउन बाँकी रहेको छ।
लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको मागसहित आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको थियो। उनका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएकी हुन्।
भदौ २३ र २४ गते भएको का क्रममा भएको घटनामा अनुसन्धानका लागि लेखकलाई पक्राउ गरिएको हो। उक्त आन्दोलनमा भएको दमनका लागि जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीसहित सम्बन्धित पक्षविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।
सोही प्रतिवेदनको आधारमा वर्तमान सरकारले तत्कालीन गृहमन्त्री लेखकलाई शनिबार नियन्त्रणमा लिएको थियो।
अब अदालतको निर्णयले लेखकको थुनाको वैधानिकता र रिहाइ सम्बन्धी विषयमा अन्तिम टुंगो लगाउनेछ, जसलाई राजनीतिक तथा कानुनी वृत्तमा चासोपूर्वक हेरिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१८ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



