

छिन्नमस्ता गाउँपालिकाले शिक्षकको तलब कटौती विवादमा स्पष्टीकरण दियो, पुनर्निर्माणका लागि सामूहिक सहमतिको निर्णय
राजविराज । हालै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा छिन्नमस्ता गाउँपालिकासँग सम्बन्धित एक शिक्षकद्वारा तलब कटौतीसम्बन्धी गुनासो उठाइएपछि गाउँपालिकाले सो सम्बन्धमा स्पष्टीकरण जारी गरेको छ। गाउँपालिकाले देशव्यापी ZeZ-Z आन्दोलनका कारण भएको क्षतिको पुनर्निर्माणका लागि सर्वसम्मत सामूहिक निर्णयबाट कर्मचारी, शिक्षक र जनप्रतिनिधिले दुई दिनको तलब योगदान गरेको गाउपालीका अध्यक्ष विधानन्दन चौधरीले जानकारी दिएका छन् ।
गाउँपालिकाले जारी गरेको स्पष्टीकरणमा सामाजिक सञ्जालमा व्यक्त शिक्षकको व्यक्तिगत पीडा, पारिवारिक जिम्मेवारी र आर्थिक कठिनाइप्रति पूर्ण सहानुभूति व्यक्त गरिएको छ। कुनै पनि कर्मचारीको जीवनयापनसँग प्रत्यक्ष जोडिएको विषय संवेदनशील हुने भएकाले यसलाई गाउँपालिकाले गम्भीरतापूर्वक लिएको जनाएको छ।
गाउँपालिकाका अनुसार, मिति २०८२र०६र०२ गते बसेको बैठकबाट, देशव्यापी ZeZ-Z आन्दोलनका कारण भएको ठूलो क्षति र पीडालाई मध्यनजर गर्दै, पुनर्निर्माण कार्यमा योगदान पुर्याउने उद्देश्यले राज्यकोषमा सहयोग गर्ने निर्णय सर्वसम्मत रूपमा गरिएको थियो। सोही निर्णयअनुसार, गाउँपालिकाका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरूबाट दुई दिनको तलब योगदान गर्ने सहमति भएको हो, जुन कुनै एक व्यक्तिको निर्णय नभई सामूहिक सहमति र साझा जिम्मेवारीको अभिव्यक्ति भएको गाउँपालिकाको दाबी छ।
गाउँपालिकाले सो समयमा देशले भोगेको क्षति अत्यन्त गम्भीर रहेको, पूर्वाधारहरू ध्वस्त भएको, सेवा प्रवाह प्रभावित भएको र जनताको दैनिक जीवनमा प्रत्यक्ष असर परेको स्मरण गराएको छ। यस्तो अवस्थामा आफ्नो देश आफैं बनाऔ भन्ने भावनाका साथ गरिएको यो पहलले अन्य पालिका र संस्थाहरूलाई समेत प्रेरित गरेको तथ्य सर्वविदित रहेको स्पष्टीकरणमा उल्लेख छ।
यद्यपि, गाउँपालिकाले कुनै पनि निर्णय कार्यान्वयन गर्दा सबै सरोकारवालाहरूको जानकारी, सहमति र संवेदनशीलतालाई पूर्ण रूपमा सुनिश्चित गर्नु आफ्नो दायित्व भएको स्वीकार गरेको छ। यदि कुनै कर्मचारी वा शिक्षकलाई उक्त निर्णयबारे पर्याप्त जानकारी नपुगेको वा सहमति बिना कटौती भएको अनुभूति भएको छ भने, त्यसलाई गम्भीरतापूर्वक लिइएको पनि उल्लेख छ।
गाउँपालिकाले कसैको मौलिक हक, विशेषगरी श्रमको प्रतिफलसम्बन्धी अधिकारमा असर पर्ने कुनै पनि कार्यप्रति गाउँपालिका जिम्मेवार रहेको र रहने प्रतिबद्धता व्यक्त गरेको छ। गाउँपालिकाले यस्ता विषयलाई गलत ढंगले प्रस्तुत गरी भ्रम फैलाउनु भन्दा पनि समाधानमुखी संवादमार्फत अघि बढ्न सबैलाई आग्रह गरेको छ।
अन्त्यमा, छिन्नमस्ता गाउँपालिकाले सबै कर्मचारी, शिक्षक र नागरिकहरूको अधिकार, सम्मान र हितप्रति सदैव प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्दै राष्ट्र निर्माणको अभियानमा सबैको सहकार्य आवश्यक रहेको तर त्यो सहकार्य सधैं सम्मान, सहमति र न्यायको आधारमा हुनुपर्नेमा जोड दिएको छ।
स्पष्टीकरणसँगै गाउँपालिकाले शिक्षकहरूको दुई दिनको तलब कटौती गरिएको सम्बन्धमा सबै प्रधानाध्यापकहरूको सहमतिमा भएको निर्णयको आधिकारिक कागजात तथा नेपाल सरकार, अर्थ मन्त्रालयद्वारा जारी गरिएको पुनर्निर्माण कोष सम्बन्धी प्रेस विज्ञप्ति र राष्ट्र पुनर्निर्माणमा सबैलाई सहभागिता जनाउन गरिएको नेपाल सरकारको सार्वजनिक आह्वान समेत संलग्न गरेको छ, जसले उक्त निर्णयको पृष्ठभूमि, आवश्यकता र उद्देश्यलाई थप स्पष्ट पार्ने गाउँपालिकाको भनाई छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१८ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



