

निजगढमा नेपाल कराँते महासंघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
बाराः जिल्ला बाराको निजगढ नगरपालिका–८ स्थित तारा ईन होटेलमा आज (२०८२/१२/२१) नेपाल कराँते महासंघको तेस्रो वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युबराज लामाको अध्यक्षतामा संचालन भएको थियो।
कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रहरी संगठन प्रमुख प्र.म.नि. दान बहादुर कार्की रहेको जानकारी प्राप्त भएको छ। कार्यक्रममा नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङ, सातै प्रदेशका कराँते महासंघका प्रमुख, तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्र.ना.म.नि. गोविन्द थपलिया, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज पर्साका कार्यालय प्रमुख प्र.ब.उ. शान्तिराज कोइराला, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्र.उ. नरेन्द्र कुँवर लगायत अन्य सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।
कार्यक्रममा कराँते संघका आगामी योजना, प्रशिक्षण कार्यक्रम र खेलकुद प्रवर्द्धनका विषयमा छलफल भएको थियो। करिब ७०–८० जना सहभागी रहेको सभा १२:३० बजेसम्म सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।
नेपाल कराँते महासंघका अधिकारीहरूले आगामी वर्षहरूमा प्रदेशस्तरका प्रतियोगिता र प्रशिक्षण कार्यक्रमलाई अझ सशक्त बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
गृहमन्त्रीको फिल्ड अपरेशन : सक्रियता कि जिम्मेवारीको सीमामाथिको हस्तक्षेप ?
-
डडेल्धुरामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
-
देशभर मनसुन सक्रिय : आज धेरै स्थानमा वर्षा, पाँच प्रदेशमा अति भारी वर्षाको जोखिम
-
आज साउन ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
काठमाडौंमा पाँच सवारी एकआपसमा ठोक्किँदा १० जना घाइते, एकको अवस्था गम्भीर
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सीआईबीको १६औँ वार्षिकोत्सव सम्पन्न, ‘CIB Magazine’ लोकार्पण
१ दिन अगाडि
2.2kViews 161 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को १६औँ वार्षिकोत्सव…





