सुन घट्यो, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्दै प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments Box
TOP
431 Shares