हर्क साम्पाङद्वारा प्रधानन्यायाधीश सिफारिसप्रति आपत्ति, वरीयता मिचिएको आरोप

काठमाडौं —

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी सिफारिसप्रति आपत्ति जनाउँदै न्यायिक वरीयता मिचिएको आरोप लगाएका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वरीयतामा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाइनु “सरकारको ठूलो असफलता” भएको टिप्पणी गरेका छन्। उनका अनुसार यस्तो निर्णयले न्यायिक प्रणालीको परम्परा र मर्यादामाथि प्रश्न उठाएको छ।

उनले लेखेका छन्, “वरीयताले चौथो मानिने व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण हो। अध्यादेशको औचित्य पुष्टि गरेको यही होला। चुपचाप घण्टी छापको करामत !”

त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति आक्रोश व्यक्त गर्दै उनले संसद् छलेर अध्यादेश ल्याइएको आरोप समेत लगाएका छन्।

साम्पाङले भनेका छन्, “प्रधानन्यायाधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन ? यही गर्नलाई संसद् छलेर अध्यादेश ल्याएको हो। नीतिगत भ्रष्टाचारी सरकार !”

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर उठेको यो टिप्पणीसँगै सिफारिसको वैधानिकता र वरीयताको विषय फेरि राजनीतिक बहसमा आएको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
253 Shares