

विपद् उद्धारमा नेपाल प्रहरीको प्रभावशाली नमुना अभ्यास प्रदर्शन
काठमाडौं । नेपाल प्रहरीले विपद्का समयमा गरिने खोज, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विपद् उद्धार सम्बन्धी नमुना अभ्यास तथा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल प्रहरीको विशेष कार्यदलले विपद्का विभिन्न सम्भावित परिस्थितिमा अपनाइने उद्धार रणनीति, खोज अभियान तथा आपत्कालीन प्रतिकार्य सम्बन्धी प्रस्तुति तथा डेमो प्रदर्शन गरेको थियो ।
कार्यक्रममा प्राकृतिक विपद्, दुर्घटना तथा अन्य आपत्कालीन अवस्थाका बेला प्रयोग गरिने उद्धार प्रविधि, उपकरण सञ्चालन, घाइतेको सुरक्षित उद्धार तथा राहत व्यवस्थापनका अभ्यासहरू प्रस्तुत गरिएको थियो ।
नेपाल प्रहरीले यस्ता अभ्यासहरूले विपद्का बेला सुरक्षाकर्मीको प्रतिकार्य क्षमता, समन्वय र उद्धार दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । साथै, समयमै प्रभावकारी उद्धार तथा राहत सेवा उपलब्ध गराउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने पनि बताइएको छ ।
प्रहरी स्रोतका अनुसार विपद् व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीले विभिन्न तहमा नियमित तालिम तथा अभ्यास सञ्चालन गर्दै आएको छ ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



