वीपी राजमार्ग र हिल्सा–सिमकोट सडक खण्डमा आवागमन बन्द, बाढी र निर्माण जोखिम कारण सवारी रोक

काठमाडौं । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने र हुम्लाको मा सवारी आवागमन बन्द गरिएको छ । सम्भावित बाढीको जोखिम तथा सडक निर्माण कार्यका कारण दुवै सडक खण्डमा सवारी सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सञ्चालन हुने वीपी राजमार्गमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मिति २०८३ वैशाख २१ गते साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म अर्को आदेश नभएसम्मका लागि सम्पूर्ण सवारी आवागमन बन्द गरिएको हो ।

त्यस्तै, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तार कार्य भइरहेको र च्यादुक होटलदेखि च्याछरासम्मको क्षेत्रमा माथिबाट ढुंगा तथा माटो खस्ने जोखिम बढेपछि हिल्सा–सिमकोट सडक खण्डमा वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म सवारी सञ्चालन रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

Facebook Comments Box
प्रहरी कार्यालयमा ‘पञ्चायती’ भेला रोक्न आईजीपी कार्कीको निर्देशन, सेवा केन्द्र भवन उद्घाटन
९ घण्टा अगाडि

1.6kViews 435 Shares Share on Facebook Share on Twitter पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न मुद्दाका नाममा…

TOP
487 Shares