

मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा, ऐतिहासिक उपलब्धिको स्मरण गर्दै विशेष कार्यक्रम
गोरखा । विश्वको आठौँ र नेपालको सातौँ अग्लो मनास्लु हिमालको सफल आरोहण भएको ७० वर्ष पूरा भएको छ । यस अवधिमा मनास्लुमा तीन हजार ६४३ भन्दा बढी आरोहीहरूले सफल आरोहण गरिसकेका छन् ।
इतिहासअनुसार सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमानिसी र भारतीय आरोही ग्याल्जेन नोर्बु शेर्पाले ८ हजार १६३ मिटर अग्लो मनास्लुमा पहिलो पटक मानव पाइला टेकेका थिए । त्यसपछि सन् १९७३ अप्रिल २२ मा नेपाली आरोही उर्केन छिरिङ शेर्पाले पहिलो पटक सफल आरोहण गरेका थिए, जसलाई नेपालको पर्वतारोहण इतिहासमा महत्वपूर्ण उपलब्धि मानिन्छ ।
७० वर्ष पूरा भएको अवसरमा गोरखा र मा विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाल पर्वतारोहण सङ्घ, मनास्लु संरक्षण क्षेत्र आयोजना र चुमनुब्री गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा मनास्लुका प्रथम आरोही तोसियो इमानिसी र उर्केन छिरिङ शेर्पाको सालिक अनावरण गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामालगायतले प्रथम आरोहीका परिवारका सदस्यहरूलाई सम्मान गरेका थिए । इमानिसीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसी तथा नेपाली आरोही उर्केन छिरिङ शेर्पाका छोरा छिरिङ शेर्पालाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसैगरी मनास्लुको काखमा रहेको चुमनुब्री–१ सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, साथै अन्य आरोहीहरू नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरिएको छ ।
पर्वतारोहण सङ्घले पोखरामा आयोजना गरेको छुट्टै कार्यक्रममा मनास्लु हिमालको थ्री डी फोटोसमेत सार्वजनिक गरिएको छ ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



