विपक्षी दलद्वारा अध्यादेश अस्वीकृत गर्न माग, संसद् सचिवालयमा सूचना दर्ता

काठमाडौं । संघीय संसद्मा सरकारले ल्याएका अध्यादेशहरूलाई लिएर विपक्षी दलहरूले अस्वीकारको सूचना दर्ता गराएका छन् ।

प्रमुख प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघीय संसद् सचिवालयमा अध्यादेश अस्वीकृत गर्नुपर्ने मागसहित छुट्टाछुट्टै सूचना दर्ता गराएका छन् ।

संघीय संसद् सचिवालयका अनुसार एमालेले सरकारले ल्याएका ८ वटै अध्यादेश निष्क्रिय गरिनुपर्ने भन्दै अस्वीकारको सूचना दर्ता गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी र केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेशहरू अस्वीकार गरियोस् भन्ने मागसहित सूचना दर्ता गराएको छ ।

यसैगरी नेकपाले पनि केही नेपाल ऐन, संवैधानिक परिषद्, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी अध्यादेशहरू अस्वीकार गर्नुपर्ने भन्दै छुट्टै सूचना दर्ता गरेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि संसद् अधिवेशन नरहेका बेला सरकारले ८ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरू हाल संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस भइसकेका छन् ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
462 Shares