

सगरमाथामा आरोहीको लर्कोले ‘ट्राफिक जाम’ को जोखिम
काठमाडौँ । नेपाली आरोहीहरूको एक विज्ञ टोलीले सगरमाथाको शिखरसम्म पुग्ने बाटो खुला गरेको छ।सगरमाथा आधार शिविरमा बाटोको पखाईमा रहेका सयौँ आरोही र उनीहरूका सहयोगीहरूका लागि यो सुखद खबर भए पनि यस सिजनमा अत्यधिक भिडभाड हुन सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्।आधार शिविरभन्दा माथि बाटोमा हिउँको एउटा ठुलो ढिस्को खसेर एक मात्र सम्भावित मार्ग अवरुद्ध भएपछि विगत केही सातादेखि आरोहीहरू रोकिएका थिए। नेपाली टोलीले बुधबार बिहान उक्त अवरोध छिचोल्दै डोरी र भर्याङहरू सफलतापूर्वक जडान गरेपछि अब अन्य आरोहीहरूका लागि शिखर जाने बाटो प्रशस्त भएको छ।यस वर्ष सगरमाथा आरोहणका लागि रेकर्ड संख्यामा अनुमतिपत्र जारी गरिएकाले विश्वको सर्वोच्च शिखरमा ‘ट्राफिक जाम’ हुन सक्ने र सुरक्षा चुनौती थपिन सक्नेमा विज्ञहरू चिन्तित छन्। यस सिजनमा करिब ५०० विदेशी आरोहीले अनुमति लिएका छन् र उनीहरूसँगै जाने नेपाली गाइडहरू समेत गणना गर्दा आगामी दुई साताभित्र करिब १ हजार व्यक्तिले शिखर चुम्ने प्रयास गर्ने देखिएको छ।बाटो खुल्न ढिलाइ भएका कारण अब धेरै आरोहीले छोटो समयमै आरोहण सक्नुपर्ने दबाब रहेको छ। छैटौँ पटक सगरमाथा आरोहणको तयारीमा रहेकी पूर्णिमा श्रेष्ठले बाटो खुल्न भएको ढिलाइले ट्राफिक जामको चिन्ता थपेको बताइन्। आरोही मिङ्मा जी शेर्पाले पनि समय कम र आरोही धेरै हुँदा ट्राफिक निकै बढ्ने र धेरैजना समस्यामा पर्न सक्ने जोखिम रहेको उल्लेख गरेका छन्।चीनले यस सिजनमा तिब्बततर्फको उत्तरी मार्ग विदेशी आरोहीका लागि बन्द गरेकाले पनि नेपालतर्फको दक्षिणी मार्गमा चाप बढेको हो। भिडभाड व्यवस्थापनका लागि सरकार र विभिन्न आरोहण दलहरूले समन्वय गरिरहेका छन्। नेपाल पर्वतारोहण सञ्चालक सङ्घका महासचिव ऋषिराम भण्डारीले एकै पटक धेरै आरोही शिखरमा नपुगुन भनेर विभिन्न टोलीहरूबीच समय तालमेल मिलाउने काम भइरहेको जानकारी दिए।आधार शिविरमा रहेका पर्यटन विभागका अधिकारी खिमलाल गौतमले शिखर नजिक लाइन लाग्ने अवस्था आउन नदिन पाँच सदस्यीय टोली खटाइएको बताए। उनका अनुसार अहिले आधार शिविरमा अन्य हिमाल चढ्नेसहित करिब २ हजार मानिस रहेका छन्।पछिल्लो दुई सातामा सगरमाथाको तयारीका क्रममा तीन जनाको ज्यान गइसकेको छ। मृत्यु हुनेमा दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गरेका ३५ वर्षीय विजय घिमिरे समेत छन्, जसको लेक लागेर मृत्यु भएको बताइएको छ। त्यस्तै, २१ वर्षीय फुरा ग्याल्जेन शेर्पाको क्याम्प ३ नजिक खोंचमा खसेर र अर्का गाइड ५१ वर्षीय लाक्पा डेन्डी शेर्पाको आधार शिविर आउने क्रममा मृत्यु भएको छ।
अनुमतिपत्र शुल्क ११ हजार डलरबाट बढाएर १५ हजार डलर पुर्याइए पनि सगरमाथामा आरोहीको आकर्षण भने कम भएको छैन। पूर्णिमा श्रेष्ठले भनेकी छन् ‘बाटो खुल्न भएको ढिलाइले यस वर्ष शिखरमा सम्भावित ट्राफिक जामको चिन्ता थपिएको छ।’
ऋषिराम भण्डारीले भनेका छन्, ‘हामी धेरै आरोहीले एकै समयमा शिखर आरोहण नगरुन् भनेर विभिन्न टोलीहरूसँग समन्वय गरिरहेका छौँ।’बिबिसी
समाज
थप सामाग्री-
सेटिङका बादशाह अच्युत खरेल : अर्बौंका ठेक्कादेखि नक्कली भ्याटसम्म, राज्य दोहनको संगठित जालो !
-
सर्वोच्चद्वारा सीईओ पाण्डे पक्राउबारे कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो
-
सडक दुर्घटना रोकथामका लागि “डिफेन्सिभ ड्राइभिङ” अनुशिक्षण सम्पन्न
-
सिंहदरबारदेखि सडकसम्म ट्राफिक निगरानी : कानुनको समानता कि व्यवस्थापकीय कठोरता ?
-
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’, वालेन सरकारको ऐतिहासिक निर्णय
प्रहरी कार्यालयमा ‘पञ्चायती’ भेला रोक्न आईजीपी कार्कीको निर्देशन, सेवा केन्द्र भवन उद्घाटन
९ घण्टा अगाडि
1.6kViews 435 Shares Share on Facebook Share on Twitter पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न मुद्दाका नाममा…



