

कांग्रेसको गठबन्धन समीक्षा र कोशी सत्ता समीकरणमा नयाँ हलचल
विराटनगर । नेपाली कांग्रेसभित्र गठबन्धन राजनीति र प्रदेश सत्ता समीकरणलाई लिएर देखिएको बहस पुनः चर्किएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको चैतमा सम्पन्न बैठकले प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउन उपसभापति विश्वप्रकाश शर्मा लाई संयोजनको जिम्मेवारी दिएको थियो।
बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयको प्रमुख कारण “गठबन्धन संस्कृति” भएको निष्कर्ष निकालेको थियो। प्रतिवेदनमा भनिएको थियो कि संसद जोगाउने उद्देश्यले बनेको गठबन्धन पछि चुनावी जितका लागि प्रयोग गर्दा कार्यकर्ता र जनतामा असन्तुष्टि बढेको हो।
त्यस्तै, कांग्रेस–एमाले सत्ता सहकार्यबारे पनि आन्तरिक आलोचना उठाइएको थियो। पार्टी नेतृत्वको सल्लाहबिना गरिएको “अपारदर्शी सम्झौता” ले राजनीतिक असन्तुलन बढाएको भन्दै बैठकमा प्रश्न उठाइएको थियो।
तर यही निर्णयको केही समयमै कोशी प्रदेशमा सत्ता समीकरण फेरबदलको चर्चा सुरु भएपछि कांग्रेसभित्रै विरोध देखिएको छ। उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली लाई भेट्न भक्तपुरको गुण्डु पुगेपछि यो विषय झनै विवादित बनेको हो।
भेटवार्तामा विगतको आलोपालो मुख्यमन्त्री सहमति कार्यान्वयन, सरकार परिवर्तनको समयसीमा र बजेटअघि वा पछि सत्ता फेरबदल गर्ने विषयमा छलफल भएको बताइन्छ। यद्यपि औपचारिक निष्कर्ष भने सार्वजनिक भएको छैन।
यसैबीच, कोशी प्रदेशमा सरकार परिवर्तनको बहस पनि तीव्र बनेको छ। २०८१ पुस २७ मा बनेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा कांग्रेसको भूमिका र भविष्यलाई लिएर पार्टीभित्रै मतभेद देखिएको छ।
कांग्रेस सांसदहरू नै सरकार परिवर्तनको समयलाई लिएर विभाजित छन्। केही नेताहरू बजेटअघि नै सत्ता फेरबदल आवश्यक भएको बताउँछन् भने केहीले अहिलेको सरकारलाई नै बजेट प्रस्तुत गर्न दिनुपर्ने धारणा राखेका छन्।
सांसद हिमाल कार्की ले बजेटअघि नै सरकार परिवर्तन गर्नुपर्ने तर्क गर्दै संसद र सरकारको वैधता प्रभावकारी बनाउन ढिलाइ गर्न नहुने बताएका छन्।
तर दलभित्रै मुख्यमन्त्री को हुने भन्ने विषयमा सहमति नजुट्दा प्रक्रिया नै जटिल बन्दै गएको छ। कोशी प्रदेश कांग्रेस सभापति तथा दल नेता उद्धव थापा समूहगत समीकरणमा केन्द्रित देखिँदा आन्तरिक शक्ति संघर्ष अझ गहिरिएको छ।
यसबीच, एमाले अध्यक्ष केपी शर्मा ओली ले वामपन्थी एकता र प्रदेश सरकारहरूमा नयाँ समीकरण निर्माण गर्ने विषयमा विभिन्न तहमा संवाद अघि बढाएको दाबी पनि गरिएको छ।
९३ सदस्यीय कोशी प्रदेश सभामा हाल ९२ सांसद कायम छन्। सरकार निर्माणका लागि आवश्यक बहुमतको समीकरणलाई लिएर कांग्रेस, एमाले र अन्य दलहरूबीच निरन्तर छलफल भइरहेको छ।
कांग्रेसभित्र गठबन्धनबारेको पुरानो समीक्षा र वर्तमान सत्ता सहकार्यबीच देखिएको यो विरोधाभासले कोशी प्रदेशको राजनीतिक समीकरण अझ जटिल र अनिश्चित बनाएको छ।
समाज
थप सामाग्री-
सेटिङका बादशाह अच्युत खरेल : अर्बौंका ठेक्कादेखि नक्कली भ्याटसम्म, राज्य दोहनको संगठित जालो !
-
सर्वोच्चद्वारा सीईओ पाण्डे पक्राउबारे कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो
-
सडक दुर्घटना रोकथामका लागि “डिफेन्सिभ ड्राइभिङ” अनुशिक्षण सम्पन्न
-
सिंहदरबारदेखि सडकसम्म ट्राफिक निगरानी : कानुनको समानता कि व्यवस्थापकीय कठोरता ?
-
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’, वालेन सरकारको ऐतिहासिक निर्णय
प्रहरी कार्यालयमा ‘पञ्चायती’ भेला रोक्न आईजीपी कार्कीको निर्देशन, सेवा केन्द्र भवन उद्घाटन
९ घण्टा अगाडि
1.6kViews 435 Shares Share on Facebook Share on Twitter पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न मुद्दाका नाममा…



