सशस्त्र प्रहरीकी अनिता कार्कीले गरिन् सगरमाथा आरोहण, इतिहास रच्दै पहिलो महिला कीर्तिमानी बनेिन्

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालकी सहायक हवल्दार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेकी छन् । उनी सशस्त्र प्रहरी बलबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरीकर्मी बनेकी हुन् ।

कार्कीले आइतबार बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर सफलता हासिल गरेकी हुन् । यससँगै उनी सशस्त्र प्रहरी बलको तर्फबाट सगरमाथा आरोहण गर्ने तेस्रो सशस्त्र प्रहरी कर्मचारीसमेत बनेकी छन् ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेकी कार्कीले सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालयबाट उन्नत पर्वतीय उद्धार तालिम प्राप्त गरेकी छन् । उनले यसअघि मनाङस्थित चुलु फार इष्ट हिमाल र लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेकी छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा जन्मिएकी कार्की राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत हुन् । साहस, मेहनत र आत्मविश्वासका कारण उनले नेपाली महिला सुरक्षाकर्मीका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कार्कीको सगरमाथा आरोहण अभियानमा शेर्पा निमा साङ्गे शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
220 Shares