

घरजग्गा बजारमा फेरि बहार : कारोबार १७.७० प्रतिशतले बढ्यो, मोफसलका सहरमा किनबेचको लहर
काठमाडौँ । लामो समयदेखि आर्थिक मन्दीको चपेटामा परेको नेपालको घरजग्गा बजारमा पुनः उत्साह फर्किन थालेको संकेत देखिएको छ। देशभरका मालपोत तथा भूमि प्रशासन कार्यालयहरूको पछिल्लो तथ्यांकले घरजग्गा कारोबारमा उल्लेखनीय सुधार आएको देखाएको हो।
गत वर्षको वैशाख महिनामा देशभर कुल १ लाख ४४ हजार कारोबार भएकोमा यस वर्ष सोही अवधिमा बढेर १ लाख ६९ हजार पुगेको छ। यससँगै मालपोत कार्यालयहरूको समग्र सेवा प्रवाह तथा कारोबारमा करिब १७.७० प्रतिशतको वृद्धि भएको छ।
घरजग्गा बजारको मुख्य आधार मानिने लिखत पारित अर्थात् वास्तविक किनबेचमा पनि उल्लेखनीय सुधार आएको छ। गत वर्ष वैशाखमा ५२ हजार ४१५ वटा लिखत पारित भएकोमा यस वर्ष उक्त संख्या बढेर ५८ हजार ८८६ पुगेको छ। यसले वास्तविक जग्गा किनबेचमा १२.३४ प्रतिशतको वृद्धि भएको स्पष्ट देखाउँछ।
आर्थिक गतिविधि क्रमशः चलायमान बन्नु, बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुनु, ब्याजदर घट्दै जानु तथा सरकारले कित्ताकाटसम्बन्धी नीति केही खुकुलो बनाउनु जस्ता कारणले सर्वसाधारण र लगानीकर्ता पुनः घरजग्गा बजारतर्फ आकर्षित हुन थालेका छन्।
यस वर्ष विशेषगरी काठमाडौं उपत्यकाभन्दा बाहिरका मुख्य सहरहरूमा घरजग्गा कारोबारको चहलपहल बढी देखिएको छ। दाङ जिल्लाको तुलसीपुर र घोराहीमा किनबेच उल्लेखनीय रूपमा बढेको छ भने कैलालीको धनगढी, झापाको भद्रपुर तथा रुपन्देहीको बुटवलमा पनि कारोबारमा उच्च वृद्धि देखिएको छ।
काठमाडौं उपत्यकाभित्र भने भक्तपुर र ललितपुरको लगनखेल क्षेत्र घरजग्गा खरिदबिक्रीका प्रमुख आकर्षण केन्द्र बनेका छन्।
यद्यपि कारोबार रकम बढे पनि घरजग्गा धितोमा आधारित ऋण प्रवाहमा भने अपेक्षित सुधार देखिएको छैन। तथ्यांकअनुसार रोक्का संख्या लगभग स्थिर रहे पनि बैंक ऋण चुक्ता गरेर जग्गा फुकुवा गर्नेको संख्या उल्लेखनीय रूपमा बढेको छ।
गत वर्ष ३५ हजार ८६५ वटा रोक्का भएकोमा यस वर्ष ३५ हजार ९९४ पुगेको छ। तर फुकुवा संख्या भने ३० हजार १०१ बाट बढेर ३६ हजार १६९ पुगेको छ, जुन २०.१५ प्रतिशतको वृद्धि हो। यसले नयाँ ऋण विस्तारभन्दा पुराना दायित्व चुक्ता गर्ने प्रवृत्ति बढेको संकेत गर्दछ।
मालपोत कार्यालयहरूमा प्रशासनिक तथा स्रेस्ता अद्यावधिकसम्बन्धी काममा पनि यस वर्ष अत्यधिक चाप परेको छ। विशेषगरी जग्गाको विवरण संशोधन गर्ने कार्यमा १०२.४४ प्रतिशतको उच्च वृद्धि भएको छ। गत वर्ष ९ हजार ८८४ वटा मात्र संशोधन भएकोमा यस वर्ष बढेर २० हजार १० पुगेको छ।
त्यसैगरी हाल साविक गर्ने प्रक्रिया ४०.२५ प्रतिशतले बढेको छ भने प्रतिलिपि निकाल्ने काममा पनि २८.९४ प्रतिशतले वृद्धि भएको छ।
गत वर्ष विभिन्न आन्दोलन तथा प्रशासनिक अवरोधका कारण प्रभावित भएका कार्यालयहरूमा यस वर्ष कामको चाप अस्वाभाविक रूपमा बढेको देखिन्छ। बाँकेको नेपालगन्ज र काठमाडौंको कलंकी मालपोत कार्यालय यसका प्रमुख उदाहरण बनेका छन्।
नेपालगन्ज मालपोत कार्यालयमा गत वर्ष संशोधनका काम जम्मा ५८ वटा भएकोमा यस वर्ष ४ हजार ८३४ पुगेको छ। त्यस्तै कलंकी मालपोत कार्यालयमा गत वर्ष १०१ वटा संशोधन भएकोमा यस वर्ष बढेर २ हजार ७२७ पुगेको तथ्यांकले देखाएको छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



