

पालुङटारमा भव्य रूपमा हुँदै ‘भजन महोत्सव–२०८३’ : राष्ट्रिय कलाकारहरूको उपस्थितिले धार्मिक तथा सांस्कृतिक माहोल झन् आकर्षक बन्ने
गोरखा, पालुङटार ।
पालुङटार नगरपालिकाको आयोजनामा “पालुङटार भजन महोत्सव–२०८३” भव्य रूपमा आयोजना हुने भएको छ । धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त महोत्सव पालुङटारस्थित ओंकार योग आयुर्वेद गुरुकुलमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
भजन महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका लोकप्रिय कलाकार नारायण स्याङ्तान, बबिन पौडेल, प्रेमराज अधिकारी, भरत बराइला, मीना थापा, लक्ष्मी पौडेल लगायतका कलाकारहरूको सहभागिता रहने जनाइएको छ । साथै विभिन्न स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरूले पनि आफ्नो उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा विशेष भजन प्रस्तुति अन्तर्गत राधाकृष्ण भजन, राम तथा कृष्णभक्ति गीत, नृत्य तथा सांस्कृतिक झाँकीहरू समेत समावेश गरिने आयोजकले जानकारी दिएको छ । धार्मिक भावनासँगै नेपाली कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवलाई राष्ट्रिय लोक भजन बुढाका संरक्षण प्रतिष्ठान, नेपालले सहयोग गर्ने भएको छ भने ओंकार योग आयुर्वेद गुरुकुल तथा ओंकार परिषद्ले व्यवस्थापनमा सहकार्य गरेका छन् ।
आयोजकका अनुसार कार्यक्रम आगामी जेठ २५ गते बिहान १० बजेदेखि सञ्चालन हुनेछ । महोत्सवमा पालुङटार नगरपालिका तथा आसपास क्षेत्रका धर्मप्रेमी, संगीतप्रेमी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
धार्मिक आस्था, भक्ति संगीत र नेपाली संस्कृतिको संगमका रूपमा हेरिएको “पालुङटार भजन महोत्सव–२०८३” ले स्थानीय पर्यटन, कला तथा सांस्कृतिक पहिचान प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
समाज
थप सामाग्री-
एनसेल–स्मार्ट टेलिकम प्रकरण : अनुसन्धान तीव्र तर प्रमुख व्यक्तिहरू विदेश, सीआईबीको कार्यक्षमतामाथि प्रश्न
-
दीपक भट्टमाथि तीन कसुरमा सिआइबीको छुट्टै छानबिन, सम्पत्ति शुद्धीकरण मुद्दा अन्तिम चरणमा
-
पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
आज जेठ ०४ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध ७ उजुरी
सांसद ज्ञानेन्द्र शाहीको सरकारलाई कडा अपिल: ६५ वटा भ्रष्टाचार काण्डका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग
१९ घण्टा अगाडि
1.5kViews 289 Shares Share on Facebook Share on Twitter काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारलाई देशका ठूला…



