

केन्द्रीय कारागारबाट फरार कैदी असनबाट पक्राउ, भगाउन सहयोग गर्ने युवक पनि समातिए
काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट फरार भएकी एक कैदीलाई प्रहरीले काठमाडौंको असन क्षेत्रबाट पक्राउ गरेको छ। साथै उनलाई कारागारबाट भाग्न सहयोग गर्ने एक युवकलाई पनि पक्राउ गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार शुक्रबार राति करिब साढे १ बजे कारागारको पर्खाल नाघेर फरार भएकी २५ वर्षीया सपना तामाङलाई काठमाडौंको असनस्थित बांगेमुढाबाट नियन्त्रणमा लिइएको हो।
तामाङ अपहरण, शरीरबन्धक तथा कर्तव्यज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेकी थिइन्।
प्रहरीका अनुसार उनी मध्यरातको समयमा कारागारको पर्खाल नाघेर भागेकी थिइन्। फरार भएको केही समयमै खोजी अभियान तीव्र पार्दै उनलाई पक्राउ गरिएको हो।
उनलाई भाग्न सहयोग गरेको आरोपमा भोजपुर नगरपालिका–११ का २६ वर्षीय समीर श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका श्रेष्ठकी आमा सीता थापा भने हाल उदयपुर कारागारमा कैद भुक्तान गरिरहेकी छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। केन्द्रीय कारागारबाटै कैदी फरार भएपछि कारागार प्रशासन र सुरक्षा निकायले आन्तरिक छानबिन समेत अघि बढाएका छन्।
समाज
थप सामाग्री-
एनसेल–स्मार्ट टेलिकम प्रकरण : अनुसन्धान तीव्र तर प्रमुख व्यक्तिहरू विदेश, सीआईबीको कार्यक्षमतामाथि प्रश्न
-
दीपक भट्टमाथि तीन कसुरमा सिआइबीको छुट्टै छानबिन, सम्पत्ति शुद्धीकरण मुद्दा अन्तिम चरणमा
-
पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
आज जेठ ०४ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध ७ उजुरी
सांसद ज्ञानेन्द्र शाहीको सरकारलाई कडा अपिल: ६५ वटा भ्रष्टाचार काण्डका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग
१८ घण्टा अगाडि
1.5kViews 289 Shares Share on Facebook Share on Twitter काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारलाई देशका ठूला…



