प्रधानमन्त्री बालेन शाहलाई अधिवक्ता स्वागत नेपालको सुझाव: सर्वोच्च अदालत ५ विकास क्षेत्रमा विस्तार गर्नुपर्ने प्रस्ताव

काठमाडौं । अधिवक्ता स्वागत नेपालले प्रधानमन्त्री बालेन शाहलाई न्याय प्रणाली सुधारसँग सम्बन्धित विभिन्न सुझावहरू दिएका छन्।

उनले सर्वोच्च अदालतको संरचना पुनःविचार गर्दै देशलाई ५ विकास क्षेत्रमा विभाजन गरी सर्वोच्च अदालतका इजलासहरू त्यहीँ स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्। उनका अनुसार यस्तो व्यवस्था भएमा जनताले छिटो न्याय पाउने वातावरण बन्न सक्छ।

Balen Shah लाई लक्षित गर्दै उनले संविधान संशोधन नभए पनि आवश्यक परे अध्यादेशमार्फत भए पनि यस्तो संरचनागत सुधार अघि बढाउन सकिने बताएका छन्।

अधिवक्ता स्वागत नेपालले वर्तमान न्याय प्रणालीमा काठमाडौं केन्द्रित संरचनाका कारण न्याय सम्पादन ढिलो हुने गरेको टिप्पणी गर्दै सर्वोच्च अदालतका ५० जना न्यायाधीश प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त गर्नुपर्ने पनि सुझाव दिएका छन्।

उनको भनाइमा, यदि सर्वोच्च अदालतका इजलासहरू देशका ५ विकास क्षेत्रमा विस्तार गरिएमा वरिष्ठ अधिवक्ताहरूको काठमाडौं केन्द्रित प्रभाव (सिण्डिकेट) कमजोर हुने र देशभरका कानुन व्यवसायीलाई समान अवसर प्राप्त हुने वातावरण बन्न सक्छ।

उनले यस्तो व्यवस्थाले जिल्ला–जिल्लामा रहेका कानुन व्यवसायीलाई पनि अभ्यास र पेशागत विकासका थप अवसर प्रदान गर्ने दाबी गरेका छन्।

यसैबीच, न्यायपालिकाको संरचनागत सुधारबारे उठाइएको यो प्रस्तावले बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
सांसद ज्ञानेन्द्र शाहीको सरकारलाई कडा अपिल: ६५ वटा भ्रष्टाचार काण्डका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग
१९ घण्टा अगाडि

1.5kViews 289 Shares Share on Facebook Share on Twitter काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारलाई देशका ठूला…

TOP
420 Shares