

सांसद कृष्णकुमार कार्कीलाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग, संसद्मै उठ्यो विवाद
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ–२) लाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।
मुभमेन्टले २०८२ साल भदौ २४ गते सिंहदरबार तथा संसद् भवन परिसरमा भएको आगजनी र तोडफोड घटनामा सांसद कार्कीको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै उनीमाथि तत्काल अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको हो।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भिडियो तथा तस्बिरहरूमा कार्की संसद् भवन परिसरमा आगजनीमा संलग्न रहेको देखिएको दाबी गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो।”
मुभमेन्टले सांसद कार्कीमाथि हालै सार्वजनिक भएको एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेको छ। साथै, संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा समेत अनुपस्थित रहेको विषयले उनको जिम्मेवारी र आचरणमाथि थप प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यसैगरी, निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि हालसम्म कुनै कारबाही प्रक्रिया अघि नबढाइएकोप्रति पनि जेनजी मुभमेन्ट नेपालले असन्तुष्टि जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “सुधन गुरुङलाई अहिलेसम्म पक्राउ नगरी, छानबिन नगरी सरकार के हेरेर बसेको छ ? छानबिन गर्न प्रहरी, सरकारी वकिल कार्यालय, राजस्व अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदाहुँदै किन छुट्टै समिति चाहियो ?”
जेनजी मुभमेन्ट नेपालका मुख्य माग
१. गृह मन्त्रालय र नेपाल प्रहरीले सांसद कृष्णकुमार कार्कीलाई तत्काल पक्राउ गरी आगजनी, तोडफोड तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको अभियोगमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाओस्।
२. राजनीतिक संरक्षण र दोषी उन्मुक्तिको संस्कृतिको अन्त्य गर्दै कानुनी राज्यको प्रत्याभूति गरियोस्।
३. नाइजेरियन युवतीसँग सम्बन्धित आरोपबारे निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गरियोस्।
उता, सांसद कार्कीमाथिको विवाद प्रतिनिधिसभा बैठकमै प्रवेश गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाकी सांसद पार्वती विकले उक्त विषय सदनमा उठाएकी हुन्।
उनले सामाजिक सञ्जालमा सांसद कार्कीमाथि एक विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको आरोप व्यापक रूपमा फैलिएको उल्लेख गर्दै यसले नेपालको अन्तर्राष्ट्रिय छविमाथि समेत प्रश्न उठाएको बताइन्।
उनले भनिन्, “यो विषयले असाध्यै पीडादायी अवस्था सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूलाई कसरी बुझिन्छ ? हाम्रो राष्ट्रियताको विषय के हो ?”
सांसद विकले घटनाको यथार्थबारे सदनलाई जानकारी गराउन माग गर्दै आरोप पुष्टि भए कार्कीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन्।
समाज
थप सामाग्री-
गुरुङ प्रकरणमा प्रहरीभित्रै विवाद : प्रमाण संकलनको नाममा ‘गोप्य अपरेशन’ !
-
तिलगङ्गा बस्ती हटाइएपछि आक्रोशित स्थानीय आन्दोलनमा
-
चितवन प्रहरीको नेतृत्वमा नयाँ ऊर्जा : एसपी रामेश्वर पौडेलले सम्हाले जिम्मेवारी
-
काभ्रे प्रहरीमा नयाँ नेतृत्व : एसपी रविन कार्कीद्वारा अपराध नियन्त्रण र जनसुरक्षामा कडा प्रतिबद्धता
-
आईजीपी कार्कीको दूरदर्शी योजना : नेपाल प्रहरी रूपान्तरणको नयाँ यात्रा
एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
२१ घण्टा अगाडि
1.4kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका…



