दिल्ली लैजान लागिएका ३७ राहदानीसहित त्रिभुवन विमानस्थलबाट एक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानी (पासपोर्ट) सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१३ का ३८ वर्षीय अजित श्रेष्ठ रहेका छन्। उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।विमानस्थल सुरक्षा कार्यालयका अनुसार श्रेष्ठ नेपाल एयरलाइन्सको उडानमार्फत भारतको दिल्ली जान लागेका थिए । सोही क्रममा उनको साथबाट ठूलो संख्यामा पासपोर्ट फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रेष्ठ नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली जान लागेका थिए ।  कुनै पनि आधिकारिक स्वीकृती एवं पत्र नलिई रोमानियाको भिसा लगाउने भनेर ३७ थान नेपाली राहदानीसहित उनी त्यसतर्फ जान लागेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

Facebook Comments Box
एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
२१ घण्टा अगाडि

1.4kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका…

TOP
247 Shares