

हुम्लाको चंखेलीमा असिना–बाढीले विद्यालय बगायो, घरगोठ र पशुचौपायामा ठूलो क्षति
हुम्ला । चंखेली गाउँपालिका–५ मा मंगलबार राति परेको भीषण असिना पानीपछि आएको लेदोसहितको भेलबाढीले विद्यालय, घरगोठ तथा पशुचौपायामा ठूलो क्षति पुर्याएको छ ।
स्थानीयका अनुसार गाउँमाथिको भिरालो क्षेत्रबाट एक्कासि आएको लेदो मिसिएको बाढीले डाँफे आधारभूत विद्यालय पूर्ण रूपमा बगाएको छ। केही घरगोठ पुरिएका छन् भने भेडाबाख्रा लगायत पशुचौपाया समेत पहिरोमा पुरिएको प्रारम्भिक जानकारी आएको छ ।
वडा नम्बर ५ का वडाध्यक्ष हर्कधन तामाङले आफू गाउँपालिकाको केन्द्रमा रहेका बेला राति स्थानीयवासीबाट फोनमार्फत घटनाबारे जानकारी पाएको बताए। उनले भने, “गाउँमा ठूलो असिना पानी परेपछि माथिल्लो भेगबाट लेदो मिसिएको बाढी आएको रहेछ। हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन, तर घरगोठ र पशुचौपायामा क्षति पुगेको खबर आएको छ।”
दुर्गम क्षेत्र भएकाले वास्तविक क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको छ। गाउँपालिकाको केन्द्रबाट प्रभावित बस्ती पुग्न करिब एक दिन लाग्ने बताइएको छ।
गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार बिहानै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पठाइएको छ।
स्थानीय प्रशासनले जोखिम अझै कायम रहेको भन्दै प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
समाज
थप सामाग्री-
गुरुङ प्रकरणमा प्रहरीभित्रै विवाद : प्रमाण संकलनको नाममा ‘गोप्य अपरेशन’ !
-
तिलगङ्गा बस्ती हटाइएपछि आक्रोशित स्थानीय आन्दोलनमा
-
चितवन प्रहरीको नेतृत्वमा नयाँ ऊर्जा : एसपी रामेश्वर पौडेलले सम्हाले जिम्मेवारी
-
काभ्रे प्रहरीमा नयाँ नेतृत्व : एसपी रविन कार्कीद्वारा अपराध नियन्त्रण र जनसुरक्षामा कडा प्रतिबद्धता
-
आईजीपी कार्कीको दूरदर्शी योजना : नेपाल प्रहरी रूपान्तरणको नयाँ यात्रा
एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
२० घण्टा अगाडि
1.4kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका…



