

बाजुरा–हुम्ला सीमा विवाद: अस्थायी प्रहरी चौकी निर्माणलाई लिएर झडप, प्रहरीसहित पाँच जना घाइते
बाजुरा । बाजुरा र हुम्ला जिल्लाको सीमावर्ती लाम्पाटा–थाली क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण तथा पुरानो सीमा विवादका विषयलाई लिएर मंगलबार बिहान झडप हुँदा प्रहरीसहित पाँच जना घाइते भएका छन् ।
घटनापछि केही समय अवस्था तनावपूर्ण बने पनि स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासमा स्थिति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते हुनेमा बाजुराको हिमाली गाउँपालिका–३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर, प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा रहेका छन् । उनीहरूको ढाड, गर्धन, छाती र खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले सीमा विवाद उठाउँदै विरोध जनाएपछि दुई पक्षबीच भनाभन भई झडपमा रूपान्तरण भएको हो ।
त्यसै क्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको “हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं” अभियानअन्तर्गतको टोली शैपाल हिमालको बेस क्याम्पतर्फ जाँदै गर्दा घटनास्थलमा पुगेपछि स्थिति थप तनावपूर्ण बनेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टोलीले ड्रोनमार्फत भिडियो खिच्ने क्रममा थाली गाउँका करिब ३०० स्थानीय आक्रोशित भएपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । त्यसपछि मेयर हमालसहितको टोली त्यहाँबाट फर्किएको बताइएको छ ।
सीमा विवाद पुरानै रहेको भए पनि लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले उक्त क्षेत्र आफ्नो परम्परागत प्रयोगमा रहेको दाबी गर्दै चौकी निर्माणको विरोध गर्दै आएका छन् ।
समाज
थप सामाग्री-
गुरुङ प्रकरणमा प्रहरीभित्रै विवाद : प्रमाण संकलनको नाममा ‘गोप्य अपरेशन’ !
-
तिलगङ्गा बस्ती हटाइएपछि आक्रोशित स्थानीय आन्दोलनमा
-
चितवन प्रहरीको नेतृत्वमा नयाँ ऊर्जा : एसपी रामेश्वर पौडेलले सम्हाले जिम्मेवारी
-
काभ्रे प्रहरीमा नयाँ नेतृत्व : एसपी रविन कार्कीद्वारा अपराध नियन्त्रण र जनसुरक्षामा कडा प्रतिबद्धता
-
आईजीपी कार्कीको दूरदर्शी योजना : नेपाल प्रहरी रूपान्तरणको नयाँ यात्रा
एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
२० घण्टा अगाडि
1.4kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका…



