कांग्रेस पुनर्निर्माणमा जुट्न नेता कुन्दनराज काफ्लेको आह्वान, कठोर त्याग र समर्पणको आवश्यकता जोड

काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्ले ले पार्टी पुनर्निर्माणका लागि सबैलाई गम्भीर रूपमा जुट्न आह्वान गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले कठिन परिस्थितिमा दृढताका साथ काम गर्न सके मात्र सकारात्मक परिणाम हासिल हुने बताएका छन् । उनले जोखिम उठाउने साहस र निष्ठापूर्ण प्रयासले नै असल काम सम्भव हुने उल्लेख गर्दै नेपाली कांग्रेसलाई जनताको पार्टीका रूपमा स्थापित गर्ने मूल भावना कमजोर हुन नहुनेमा जोड दिएका छन् ।

काफ्लेले पछिल्लो समय पार्टीभित्र पवित्र र कल्याणकारी सोचमा गिरावट आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले संगठनलाई पुनः जीवन्त बनाउन उद्देश्यअनुसार कठोर संघर्ष आवश्यक रहेको धारणा राखेका छन् ।

“जसरी समय–समयमा धार नउध्याउने हो भने खुकुरी भुत्ते हुन्छ, त्यसरी नै वास्तविक उद्देश्यबाट टाढा हुँदा कुनै पनि संस्था सिथिल हुन्छ र प्रभावकारी रहन सक्दैन,” उनले लेखेका छन् ।

उनका अनुसार नेपाली कांग्रेसले आफ्नो मूल उद्देश्य प्राप्तिका लागि अब टालटुले वा देखावटी परिवर्तनले नभई स्पष्ट, कठोर र देखिने खालको त्याग तथा समर्पण देखाउनुपर्ने समय आएको छ ।

Facebook Comments Box
एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
१४ घण्टा अगाडि

1.4kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका…

TOP
145 Shares