असफल बन्दै सभामुख ?

काठमाडौं । सभामुखको भूमिका केवल संसद् बैठक सञ्चालन गर्ने र कार्यसूची टुंग्याउनेमा सीमित हुँदैन। संसद्को मर्यादा कायम राख्ने, नियमावलीको निष्पक्ष कार्यान्वयन गर्ने, प्रतिपक्षको अधिकार सुनिश्चित गर्ने तथा सरकारलाई संसद्प्रति जवाफदेही बनाउने जिम्मेवारी पनि सभामुखकै काँधमा हुन्छ।

संसद् सरकारको मात्र नभई प्रतिपक्षको पनि साझा संस्था हो। संसदीय अभ्यासअनुसार प्रतिपक्षलाई सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने, जवाफ माग्ने र जनचासोका विषयमा बहस गर्ने पर्याप्त अवसर प्रदान गरिनुपर्छ। तर प्रतिपक्षका आवाज प्रभावकारी रूपमा उठ्न नपाउने, प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसद्मा उपस्थित गराएर जवाफदेही बनाउन नसकिने तथा नियमावली कार्यान्वयनमा निष्पक्षता नदेखिने अवस्था सिर्जना भएमा सभामुखको भूमिकामाथि प्रश्न उठ्नु स्वाभाविक मानिन्छ।

यही सन्दर्भमा सभामुख डिपी अर्यालको भूमिकाबारे पनि विभिन्न कोणबाट चर्चा भइरहेको छ। आलोचकहरूका अनुसार संसद्मा देखिएको गतिरोध अन्त्य गर्न, सरकार र प्रतिपक्षबीच संवादको वातावरण बनाउन तथा संसदीय प्रक्रियालाई प्रभावकारी बनाउन सभामुखले अपेक्षित सक्रियता देखाउन सकेका छैनन्।

अब प्रश्न उठेको छ—डिपी अर्याल केवल बैठक सञ्चालन गर्ने औपचारिक भूमिकामै सीमित रहने कि अन्तर्राष्ट्रिय संसदीय अभ्यास र लोकतान्त्रिक मान्यताबाट प्रेरित हुँदै निष्पक्ष, साझा र प्रभावकारी सभामुखको रूपमा आफ्नो भूमिका स्थापित गर्ने? यसको उत्तर आगामी दिनमा संसद्को सञ्चालन शैली र सभामुखका कदमहरूले दिनेछन्।

Facebook Comments Box
काठमाडौँ उपत्यकामा सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
१० घण्टा अगाडि

1.1kViews 445 Shares Share on Facebook Share on Twitter काठमाडौँ । “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३”…

TOP
495 Shares