एसपी मनोहर भट्टले कपिलवस्तु प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले, अपराध नियन्त्रणमा प्राथमिकता

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रमुखको रूपमा सरुवा भएका एसपी मनोहर भट्टले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् ।

कपिलवस्तु पुगेर पदभार ग्रहण गर्दै एसपी भट्टले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा र शान्ति–सुरक्षा सुदृढीकरण आफ्नो प्रमुख प्राथमिकता रहने बताएका छन् । उनले प्रहरी संगठनलाई थप प्रभावकारी र जनमुखी बनाउने दिशामा आफू केन्द्रित रहने उल्लेख गरे ।

उनका अनुसार प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै परिणाममुखी कार्यसम्पादनमा जोड दिइनेछ । साथै, मातहतका इकाइ प्रमुखहरूको कार्यक्षमता मूल्यांकन गरी कार्यसम्पादनको आधारमा जिम्मेवारी र मूल्यांकन प्रणाली अघि बढाइने उनले स्पष्ट पारे ।

एसपी भट्टले मातहतका प्रहरी इकाइहरूलाई उच्च व्यावसायिकता अपनाउँदै अपराध नियन्त्रणमा सक्रिय र परिणाममुखी ढंगले काम गर्न निर्देशन समेत दिएका छन् ।

Facebook Comments Box
काठमाडौँ उपत्यकामा सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
११ घण्टा अगाडि

1.2kViews 445 Shares Share on Facebook Share on Twitter काठमाडौँ । “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३”…

TOP
100 Shares